आँबुखैरेनीमा पुलबाट बस खस्दा १५ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा पुलबाट बस खस्दा १५ जना घाइते

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८१, बुधबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय अगाडीको पुलबाट बुधबार बस खस्दा १५ जना घाइते भएका छन् ।

    मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा १५ जना घाइते भएकाे प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

    घाइते हुनेहरुमा बस चालक व्यास नगरपालिका–१ बस्ने ३९ वर्षीय केशव अजिङ्गर, भानु नगरपालिका–२ बस्ने ६८ वर्षीय यदुबहादुर कुंवर, बन्दीपुर गाउँपालिका–१ बस्ने ७७ वर्षीया श्रीमाया आले, ५६ वर्षीया सुकमाया थापा, भानु नगरपालिका–३ बस्ने २८ वर्षीय अजित थापा, व्यास नगरपालिका–१२ बस्ने २४ वर्षीया कल्पना नेपाली, गोरखाको पालुङटार नगरपालिका–८ बस्ने ६५ वर्षीय मनराज परियार, भानु नगरपालिका–१ बस्ने ४७ वर्षीय मानबहादुर गन्धर्व, घिरिङ गाउँपालिका–५ बस्ने ३० वर्षीया बसन्ती थापा, ९ वर्षीया स्वता थापा, गोरखा नगरपालिका–१४ बस्ने ६४ वर्षीया माया थापा, गोरखा पालुङटार नगरपालिका–५ बस्ने ६८ वर्षीया जौमाया कुमाल, पालुङटार नगरपालिका–८ बस्ने २४ वर्षीय सुवास नेपाली, ३१ वर्षीय सुमन खाती, ३८ वर्षीय मिलन खाती रहेको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये एक जनालाई चितवन रिफर गरिएको छ भने एक जना डिस्चार्ज भएको प्रनाउ रायले बताए ।

    वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो । उनले खबरपुञ्जसँग भने “त्यस ठाउँमा नयाँ र पुरानो दुई वटा पुल छन् । बीचमा ग्याप छ । बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ ।”