सर्वसाधारणका लागि पानी पिउन सुदीपले राखे दमाैलीका २० ठाउँमा घैटाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सर्वसाधारणका लागि पानी पिउन सुदीपले राखे दमाैलीका २० ठाउँमा घैटाे

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८१, बुधबार

    दमाैली । सर्वसाधारणलाई चिसाे पानी पिउने व्यवस्थाका लागि युवा अभियान्ता सुदीप गफ्फारले दमाैलीका २० ठाउँमा पानी सहितकाे घैटाे राखेका छन् ।

    सर्वसाधारणलाई चिसाे पानी खुवाउने उद्धेश्यसहित पूर्व प्रतिबद्धता बमाेजिम उनले २० ठाउँमा घैटाे राखेका हुन् । याे कार्यले गर्दा बाटाेमा हिँड्ने सर्वसाधारणले चिसाे पानी पिउन पाउने उनले बताए ।

    सामाजिक भत्ता लिन आउने ज्येष्ठ नागरिकलाई बाइकमा बैङ्क तथा घरसम्म पुर्याएर चर्चामा आएका उनले पछिल्लाे पटक सरसफाई, राष्ट्रिय परिचयपत्र बनाउन आउनेलाई निशुल्क खाना, बिरामीलाई बाइक सेवा लगायतका सामाजिक काम गरिसकेका छन् ।