कलेस्तीमा जीपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कलेस्तीमा जीपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    दमौली । जिल्लाको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जीपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । ठक्करबाट दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जीपले पैदलयात्री श्रेष्ठलाई साँझ ७ः३० बजे ठक्कर दिएको थियो ।

    जीपको ठक्करबाट घाइते श्रेष्ठको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि जीप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । —