अब बन्दीपुर स्काइवाक कम्पनी पब्लिक कम्पनी बन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अब बन्दीपुर स्काइवाक कम्पनी पब्लिक कम्पनी बन्ने

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    दमौली । पर्यटकीय ग्राम बन्दीपुरमा साहसिक एवं मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण गरिरहेको बन्दीपुर स्काइवाल्क एण्ड रिक्रिएसन प्रा ली अब पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरिने भएको छ ।

    कम्पनीको असोज महिनामा हुने साधारण सभाले पारित गरी औपचारिक रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा आवेदन गर्ने निर्णय भएको कार्यकारी सञ्चालक पोष्ट बहादुर खड्काले बताए । कम्पनीको अधिकृत पुजी १ अर्ब र जारी पुँजी ६८ करोड रहनेछ जसमा १२% सर्वसाधारणको लागि आइपिओ जारी गर्ने गरी छुट्टाइएको छ।

    यस कम्पनी बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडको अधिकांश सेयर रहेको कम्पनी हो। जसले बन्दीपुरमा ८५ मिटर अग्लो सिसाको स्काइ डेक, स्काइ जम्प, मेटल क्लाइम्बिङ्ग, भ्युज रुम, सिसाको क्याप्सुल लिफ्ट, फ्लाइ डाइनिङ, एज वाल्क र दुनियाँको सबैभन्दा लामो क्यान्टिलिभर ग्लास ब्रिज र अग्लो बन्जी जम्प समेत बनाउने गरी १ अर्ब ७० करोड रुपैयाँ लगानी गरिरहेको छ।

    कम्पनीको ऋण स्वपुँजी अनुपात ६०: ४० रहने गरी व्यवस्था गरेर अगाडि बढ्ने रणनीति साथ कम्पनीले कार्य गरिरहेको छ। क्यान्टिलिभर, ग्लास वाल्क र बन्जी जम्प बाहेक सबै पूर्वाधारहरू आगामी जनवरी सम्म पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा आउने कम्पनीले दाबी गरेको छ।