लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा कपडा बैंकलाई कपडा हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा कपडा बैंकलाई कपडा हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    दमौली। लायन्स क्लव अफ तनहुँ सत्यवती र लियो सत्यवतीले लायन्स कपडा बैंकलाई कपडा हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ तनहुँ दमौलीले व्यास-३ मा सञ्चालन गरेको कपडा बैंकलाई क्लवले बिहीबार दश बोरा कपडा हस्तान्तरण गरेको हो ।

    लायन्स क्लव अफ तनहुँ सत्यवती अध्यक्ष पवित्रा खनालले लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष रनिल रोकालाई बिहीबार लगाउनयोग्य कपडा हस्तान्तरण गरेकी छन् । आर्थिक रुपमा विपन्नलाई वितरणका लागि सञ्चालन गरिएको कपडा बैंकले धेरैलाई सहयोग पुगेकाले क्लवका तर्फबाट सहयोग गरिएको खनालले बताइन् ।