अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति चाैतारी तनहुँ शाखाकाे ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति चाैतारी तनहुँ शाखाकाे ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    दमाैली । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति चाैतारी तनहुँ शाखाकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ विविले बिहीबार सार्वजनिक गरेकाे प्रेस विज्ञप्तिमा काठमाडौँको एउटा होटलमा छलफल कार्यक्रममा सहभागी भएका अध्यक्ष बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबरजस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको उल्लेख छ ।

    सम्प्रेषित समाचारप्रति परेका उजुरी तथा गुनासा हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार बस्नेतलाई पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको चाैतारी तनहुँ शाखाकाे ठहर छ ।

    May be an image of the Western Wall and text