लागुऔषध बेचविखन आरोपमा पक्राउ परे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लागुऔषध बेचविखन आरोपमा पक्राउ परे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ परेका छन्। श्रेष्ठले लागुऔषध बिक्री गरेको पाइएकाले बिहीबार उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

    थापाका अनुसार लागुऔषध प्रयोगकर्ताले दिएको जानकारीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन्। ‘एक महिनाअघि लागुऔषध सहित पक्राउ परेका व्यक्तिलाई कहाँबाट किन्नुभयो भनेर सोध्दा दिया फार्मेसीबाट भन्ने जानकारी दिए,’ एसपी थापाले भने, ‘दिया फार्मेसी ढाकाकुमार श्रेष्ठको नाममा रहेछ, अनि पक्राउ गरेका छौं।’

    प्रहरीले श्रेष्ठलाई लागुऔषध बेचविखन सम्बन्धी मुद्दा चलाउने पनि एसपी थापाले बताए। लागुऔषध बेचविखनमा पक्राउ परेका श्रेष्ठलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निस्कासन गरेको थियो।