सामाजिक सञ्जालको सहायताबाट रगत जुटाउँदै गफ्फार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक सञ्जालको सहायताबाट रगत जुटाउँदै गफ्फार

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    दमौली। दमौली अस्पतालमा गर्भवतीको शल्यक्रियाका लागि रगत आवश्यक परेपछि युवा अभियान्ता सुदीप गफ्फारलाई फोन आउँछ । ए प्लस रगत आवश्यक परेकाले सामाजिक सञ्जालमा रक्तदाताको खोजी गर्न गफ्फारले स्ट्याटस लेख्छन् ।

    एकैछिनमा व्यास नगरपालिका-२ का प्रकाश श्रेष्ठले गफ्फारलाई फोन गरेर रक्तदाता भेटिएको सूचना दिन्छन् । रक्तदाता दमौली अस्पताल आएर रगत दिन्छन् ।

    यो घटना बिहीबार राति ८:३० बजेको हो । सामाजिक सञ्जालको सहायताले केही दिन यता गफ्फारले रक्तदाता खोजिरहेका छन् । अस्पतालमा आवश्यक रगत नभएपछि शल्यक्रिया गर्ने बेलामा रगत चाहियो भन्दै खबर आउने गरेको र आफूले सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको गफ्फार बताउँछन् ।

    उनले भने, ‘अस्पतालको रक्तसञ्चार केन्द्रमा आवश्यक रगत नभएपछि अकस्मात रुपमा रगत सङ्कलन गर्नुपरेको छ । सामाजिक सञ्जालको सहायताबाट तत्कालै रगत खोज्न सहज भएको छ ।’

    बिहीबार व्यास नगरपालिका-२ निवासी महेश मल्ल र स्वदेश श्रेष्ठले अस्पतालमै पुगेर ए प्लस रगत दान दिएका छन् । रगतका लागि दाता खोज्न व्यास नगरपालिका-२ कै प्रकाश श्रेष्ठले पनि सहयोग पुर्याएका छन् ।

    बुधबार मात्रै पनि अस्पतालका बिरामीलाई रगत आवश्यक परेपछि व्यास नगरपालिका-२ कै प्रकाश श्रेष्ठ र निराञ्जन बतासले रक्तदान गरेका थिए ।