धरहरा असोज ३ देखि सञ्चालनमा आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धरहरा असोज ३ देखि सञ्चालनमा आउने

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    काठमाडौ । सरकारले धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । २०७२ को भूकम्पले भत्किएपछि धरहराको पुनर्निर्माण गरिएको हो ।