दमाैली । युवा अभियान्ता सुदीप गफ्फारको सामाजिक कामका लागि व्यास नगरपालिका–२ निवासी अन्जनकुमार श्रेष्ठले सहयोग गरेका छन् ।
गफ्फारको अभियानबाट प्रभावित भएर व्यवसायी श्रेष्ठले शुक्रबार रु पाँच हजार सहयोग गरेका हुन् । सामाजिक कामबाट पहिचान बदलेका उनको अभियानमा हातेमालो गर्न थोरै भएपनि सहयोग गरेका श्रेष्ठले बताए ।
दमौली बजारमा फोहर व्यवस्थापन, बुल्दी चुँदी खोला सरसफाइ अभियान, ज्येष्ठ नागरिकलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिसकेका उनले हाल दमौली बजारका विभिन्न चोकमा बटुवालाई पानी पिउने व्यवस्था मिलाउन घैटो राखेका छन् ।