भादगाउँमा बाल दिवस मनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भादगाउँमा बाल दिवस मनाइयो

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८१, शनिबार

    दमौली। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा शनिबार ६० औ बाल दिवस मनाइएको छ । भादगाउँ टोल विकास संस्थाद्वारा गठित शुभारम्भ भादगाउँ बाल क्लबले कार्यक्रम गरेको हो ।

    कार्यक्रमकी प्रमुख अतिथी व्यास उपप्रमुख इन्दिरा दरैले बालबालिकाको हितमा काम गर्न सुझाब सल्लाह अनुरुप नगरपालिका अघि बढिरहेको बताइन् । बालबालिका आजका भविष्य,भोलीका कर्णधार भएकाले उनीहरुको भविष्य उज्वल बनाउन आजैदेखि सबै निकाय लाग्नुपर्नेमा उनले जोड दिइन् ।

    बाल क्लबका अध्यक्ष सुसिल विकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भादगाउँ टोल विकास संस्थाका अध्यक्ष दीपक घिमिरे,टोलबासी होमबहादुर बस्नेत,पिताम्बर पौडेल,अस्मिता घिमिरे वाग्ले लगायतकाले बालबालिकाको हक अधिकारका लागि सबै निकाय उत्तिकै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा बालबालिकाहरुले गीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।