वडा स्तरीय बाल नृत्य प्रतियोगितामा शिवालय प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वडा स्तरीय बाल नृत्य प्रतियोगितामा शिवालय प्रथम

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८१, शनिबार

    दमाैली । राष्ट्रिय बाल दिवसका अवसरमा व्यास नगरपालिका–१ स्थित अकला सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको वडा स्तरीय बाल नृत्य प्रतियोगितामा शिवालय बाल क्लव प्रथम भएको छ ।

    त्यस्तै ठूलोगाउँ बाल क्लव द्वितीय, सिर्जनशीला बाल क्लव तृतीय र हाइस्कूल बाल क्लव र जनचेतना बाल क्लव सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार रु एक हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा वडाभित्रका २० वटा बाल क्लवको सहभागिता रहेको थियो ।

    सिकाइ केन्द्रका कार्यवाहक अध्यक्ष पूर्णबहादुर दरैको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैैले पुरस्कार वितरण गरेकी थिइन् ।

    कार्यक्रममा केन्द्रका कानुनी सल्लाहकार डम्बरदेव हड्खलेले कार्यक्रमको उद्धेश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सर्जन थापा मगर, सोनु मल्ल ठकुरी र श्रीराम गन्धर्वले निर्णायकको भूमिका निभाएका थिए ।

    केन्द्रले साक्षरता कार्यक्रम, च्याउ खेति तालिम,झिलिङ्गा बनाउने, अचार बनाउने, चुरा पोते बनाउने, झाडु कुचो बनाउने तालिम दिनुका साथै नेतृत्व विकास तालिम समेत सम्पन्न गरिसकेको छ ।