महिला उद्यमी सङ्घ तनहुँ देशभरमै प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला उद्यमी सङ्घ तनहुँ देशभरमै प्रथम

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८१, शनिबार

    दमाैली । महिला उद्यमी सङ्घ नेपाल तनहुँ शाखा देशभरमै प्रथम भएकाे छ । महिला उद्यमी महासङ्घ नेपालले ७० जिल्ला शाखामध्ये तनहुँलाई उत्कृष्ट घाेषित गरेकाे पुरस्कृत गरेकाे हाे ।

    महासङ्घकाे काठमाडाैमा सम्पन्न एक्काइसाै साधारणसभाकाे अवसरमा तनहुँ शाखालाई पुरस्कृत गरिएकाे थियाे । साे अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र महासङ्घ अध्यक्ष शाेभा ज्ञवालीले तनहुँ शाखा अध्यक्ष निर्मला मल्ललाई प्रमाणपत्र प्रदान गरेका छन् ।

    उक्त कार्यक्रममा तनहुँ शाखाका अध्यक्ष मल्ल सहित महासचिव सरु श्रेष्ठ, सदस्यहरु मन्जु थापा, बेलु श्रेष्ठ सहभागी थिए ।