अकाेराबकाे गण्डकी प्रदेश अध्यक्षमा आचार्य निर्विराेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अकाेराबकाे गण्डकी प्रदेश अध्यक्षमा आचार्य निर्विराेध

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८१, शनिबार

    दमाैली । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य निर्विराेध निर्वाचित भएका छन् ।

    सङ्घकाे शनिबार सम्पन्न अधिवेशनबाट गण्डकी अध्यक्षमा आचार्यकाे मात्रै उम्मेदवारी परेपछि उनी निर्विराेध निर्वाचित भएका हुन् । आचार्य मादीसेती एफएमकाे प्रतिनिधित्व गर्दै अकाेराबमा उम्मेदवार बनेका थिए ।

    आचार्य नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष समेत हुन् ।

    अकाेराबकाे निर्वाचनमा प्रेस युनियन, प्रेस चाैतारी, प्रेस सेन्टर लगायतले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि सहमति गरेका थिए ।