मित्रता माविमा स्मार्ट हाजिरी : विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मित्रता माविमा स्मार्ट हाजिरी : विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाई

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८१, आईतवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय स्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो ।

    स्मार्ट हाजिरीको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट उपस्थिति सिष्टमले विद्यालयमा विद्यार्थीको उपस्थिति बारे अभिभावकलाई सूचना प्रदान गर्छ ।

    विद्यार्थी गेटबाट भित्र छिर्ने बित्तिकै अभिभावकहरुको मोवाइलमाआफ्ना बालबालिका विद्यालय पुगेको जानकारी पुग्छ र गेटबाट बाहिर निस्कदा विद्यालयबाट बाहिरिएको सूचना अभिभावकको मोवाइलमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए।

    उनले भने, “विद्यालय छुट्टी पछि घर आउन लाग्ने समय अभिभावकलाई जानकारी हुन्छ । साथै घरबाट हिँडेपछि आफ्ना छोराछोरी विद्यालय पुगेको कुरा समेत जानकारी हुन्छ ।”

    मित्रता माविले अहिले यो व्यवस्था आधारभूत तहका विद्यार्थीहरुमा लागु गरेको छ । आगामी वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने बोगटीले बताए। उनले भने, “यस प्रणालीमा विद्यार्थी कक्षा छोडेर जाने सम्भावना हुँदैन । विद्यार्थीको परिचय पत्रमा चिप्स जडान गरिएको छ । विद्यार्थी गेटमा आइपुग्ने बित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावक सम्म पुग्ने गर्छ ।”

    बोगटीले अभिभावकलाई उहाँको बालबालिका विद्यालयमा सुरक्षित छ वा बाहिर छ भन्ने चिन्ता भइरहने र यो प्रणाली लागु गरेपछि अभिभावकलाई सहज भएको बताए। उनले भने, “विद्यालय व्यवस्थापन प्रणालीमा नवीनता ल्याउन स्मार्ट एटेन्डेन्स सिष्टम महत्वपूर्ण हुने विश्वास छ ।”