विजुलीको पोलमा करेन्ट प्रवाह : जोखिमको सम्भावना, विद्युतले स्थानीयको कुरा नसुनेको गुनासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    विजुलीको पोलमा करेन्ट प्रवाह : जोखिमको सम्भावना, विद्युतले स्थानीयको कुरा नसुनेको गुनासो

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८१, सोमबार

    दमौली । तनहुँको व्यास नगरपालिका-१ स्थित तनहुँ ज्ञानगंगा बोर्डिङ नजिक विद्युत पोलमा करेन्ट प्रवाह भइरहेकाले जोखिम बढाएको छ । 

    नव आदर्श टोलमा ज्ञानगंगा चोकमा रहेको विजुलीको पोलमा करेण्ट प्रवाह भइरहेको र विद्युत कार्यालयमा जानकारा गराउँदा समेत वास्ता नगरिएको स्थानीयको गुनासो छ ।

    सो पोलमा विगत २-३ दिन अगाडिबाट करेण्ट प्रवाह भइरहेको छ । नजिकै रहेको विद्यालयका विद्यार्थीलाई र अन्य व्यक्तिलाई करेण्ट लाग्न सक्ने र मानवीय क्षति हुन सक्ने भएकाले पोल वरपर स्थानीय काठले बारेर राखेका छन् । त्यस्तै नजिकै अर्को पोलमा पनि करेण्ट प्रवाह भइरहेको स्थानीयको भनाइ छ ।