तनहुँका स्वास्थ्य संस्थामा छिपछिपे स्वास्थ्य चौकी उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका स्वास्थ्य संस्थामा छिपछिपे स्वास्थ्य चौकी उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८१, सोमबार

    दमौली । तनहुँका दश पालिकामा रहेका स्वास्थ्य संस्थामध्ये देवघाटको छिपछिपे स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय तनहुँले गरेको मूल्याङ्कन अनुसार देवघाट-३ स्थित छिपछिपे स्वास्थ्य चौकी जिल्लामै प्रथम भएको हो ।

    त्यस्तै शुक्लागण्डकी नगरपालिका-४ स्थित खैरेनीटार स्वास्थ्य चौकी द्वितीय र ऋषिङ गाउँपालिका-२ स्थित कॉहुशिवपुर स्वास्थ्य चौकी तृतीय भएको छ ।

    उत्कृष्ट स्वास्थ्य संस्थालाई सोमबार दमौलीमा आयोजित समग्र स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षाको अवसरमा पुरस्कृत गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

    कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले बोलेका थिए ।