पैगम्बर मोहम्मदको जन्मजयन्तीमा दमाैलीमा शान्ति र्याली (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पैगम्बर मोहम्मदको जन्मजयन्तीमा दमाैलीमा शान्ति र्याली (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८१, मंगलवार

    दमाैली । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मङ्गलबार दमौलीमा शान्ति¥याली निकालिएको छ ।

    दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्ति¥याली दमौली बजार परिक्रमा गरी पुनः मस्जिदमा आएर टुङ्गिएको थियो ।

    मुस्लिम समुदायको सन्देष्टाका रुपमा पैगम्बर मोहम्मदलाई मान्ने गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए। जन्मोत्सवको अवसरमा सोमबारदेखि विविध कार्यक्रम गरिएको उनले उल्लेख गरे ।

    पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिनामा गएको इतिहास छ । पैगम्बर जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत) सुरु भएको हो ।

    जगतको सृष्टिदेखि नै पवित्रस्थलमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थियो । मोहम्मदले उपदेश दिने क्रममा यही कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अन्य धर्मावलम्बी कम भएको विश्वास छ । त्यसपछि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालिएको हो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो ।

    यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले पैगम्बर मोहम्मदको उपदेशलाई मुस्लिम समुदायले हरेक वर्ष सम्झने गरिन्छ ।