दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी-३ गाउँपालिका चोकमा बिहीबार दिउँसो चिप्लिएर दुई जीप दुर्घटना भयो । सिमसिम पानी परिरहेका बेला केही समयको अन्तरालमा दुई जीप दुर्घटना भयो ।
ऑबुखैरेनीबाट दमौली तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२९ च ५७०२ नम्बरको जीप चिप्लिएर दुर्घटनाग्रस्त भएको केही समयलगत्तै ग ३ च५१८५ नम्बरको जीप दुर्घटना भयो ।
बिहीबारका दुई घटना प्रतिनिधिमूलक मात्रै हुन् । त्यसठाउँमा पछिल्लो समय दैनिकजसो दुर्घटना हुने गरेको छ । सडक चिप्लो भएका कारण दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ ।
पछिल्लो दुई महिनायता त्यस ठाउँमा करिब २५ सवारीसाधन दुर्घटनामा परेको स्थानीय हरिशरण अधिकारीले जानकारी दिए । दुर्घटना नियन्त्रणका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनले बताए ।