रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्छौ : उपसभापति वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्छौ : उपसभापति वाग्ले

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८१, बिहीबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ।

    चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताए।

    उनले पार्टीको सभापति व्यक्ति नभई संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरु स्वदेश फर्किएको बताए। उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए।

    उनले भने, ‘यो भ्रमणलाई हामीले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ। ९ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ। आज ८ जना आएका छौँ। भोलि ६ जना आउनुहुन्छ। घटनाक्रमबारे हामी अवगत नै थियौँ। १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ। र यो एक स्वरले यो अफ्ठ्यारो घडीमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो। त्योमाथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ। अफ्ठ्यारो घडीमा नेपाल नै हुनुपर्छ भनेर आएका हौँ।’