भोलि पनि तनहुँका केही ठाउँमा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोलि पनि तनहुँका केही ठाउँमा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८१, बिहीबार

    दमौली । तनहुँका केही ठाउँमा भोलि शुक्रबार केही बेर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तर्गत डुम्रे शाखाको अपग्रेडिङ र सुदृढीकरण कार्यक्रम अनुसार डुम्रे बजार, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाका केही भागमा बिहान ६ बजेदेखि ७ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

    त्यस्तै डुम्रे-पालुङटार-लम्जुङ तर्फको ३३ केभी लाईन विहान ६ वजे देखि दिउँसो ३ बजेसम्म सम्म बन्द हुने विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।