काेशी ब्यारेजबाट बस खस्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    काेशी ब्यारेजबाट बस खस्याे

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८१, बिहीबार

    विराटनगर । बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे ।

    बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

    ‘बस खसेकाे प्रारम्भिक जानकारी आएकाे छ, थप विवरण खुलेकाे छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछाैं ।’