धादिङकाे चिराैदीमा पहिराेले कार पुरियाे, चार जनाकाे उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङकाे चिराैदीमा पहिराेले कार पुरियाे, चार जनाकाे उद्धार

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८१, बिहीबार

    धादिङ । धादिङकाे गल्छी गाउँपालिका-४ चिराैदीमा बिहीबार साँझ ७:२० बजे पहिराेले कार पुरिएकाे छ । गजुरीतर्फबाट काठमाडाै जाँदै गरेकाे ग २ च ७८८५ नम्बरकाे कार पहिराेले पुरिएकाे हाे ।

    प्रहरीले कारमा सवार चार जनालाई उद्धार गरी बैरेनी अस्पताल पठाएकाे छ । घटनास्थलमा प्रहरी चाैकी वैरेनीबाट प्रहरी नायब निरीक्षक काशीराम बुढाकाे नेतृत्वमा र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेकाे नेतृत्वमा २५ जनाकाे टाेली खटिएकाे थियाे ।