छविलाल जोशी थप सात दिन हिरासतमा रहने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    छविलाल जोशी थप सात दिन हिरासतमा रहने

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८१, शुक्रबार

    पोखरा । सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

    जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए ।

    जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको आइतवार काठमाण्डौबाट पक्राउ गरी पोखरा लगेको थियो । लगत्तै जिल्ला अदालत कास्कीबाट सोमवार पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धान नसकिएपछि पुनः सात दिनको म्याद थप गरिएको एसपी थापाले बताए ।

    सहकारीको रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् ।