विश्व पर्यटन दिवस : बन्दीपुर केबलकारद्वारा निशुल्क बस सेवा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व पर्यटन दिवस : बन्दीपुर केबलकारद्वारा निशुल्क बस सेवा सुरु

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८१, शुक्रबार

    दमौली । बन्दीपुर हिलले पर्यटन दिवसको अवसर पारेर निशुल्क बस सेवा सुरु गरेको छ । बन्दीपुर केबलकारको बटम स्टेशनदेखि डुम्रे बजार हुँदै पिप्लेसम्म निशुल्क बस सेवा सञ्चालन गरेको हो ।

    निशुल्क बस सेवाले बन्दीपुर हिलसम्म आवतजावत गर्नेलाई सहज हुने बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

    भदौ २४ गतेदेखि नियमित मर्मतका लागि बन्द रहेको केबलकार असोज १० देखि सञ्चालनमा आइसकेको छ । बन्दीपुर हिलले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेको छ । बन्दीपुरको मात्रै नभई समग्र तनहुँको पर्यटन प्रबर्धनमा बन्दीपुर हिलले सहयोग पुर्याएको प्रमुख कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए ।