दमौली । चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको बहाव सतर्कता तह नजिक पुगेको छ । दुई दिनदेखि परेको वर्षाका कारण नदीको पानीको बहाव ७.३ मिटर नजिक पुगेको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा छ । ७.३ मिटर भन्दा माथि पुगेको अवस्थामा खतरा मानिन्छ ।
चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहनेहरुले शनिबार दिउँसो सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।