विमलनगरमा मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विमलनगरमा मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्याे

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    दमाैली । निरन्तरको वर्षाका कारण तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदीले सतर्कता तह पार गरेको छ । दुई दिनको वर्षाका कारण शनिबार बिहान २ः२० बजे विमलनगरस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

    नदीको जलसतह दश मिटर भन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । दश मिटरभन्दा माथि पुगेपछि खतरा मानिन्छ ।

    वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा रहनेहरुलाई दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।