ललितपुरमा टहरामा रहँदा बगाएका चार जनामध्ये तीन जनाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ललितपुरमा टहरामा रहँदा बगाएका चार जनामध्ये तीन जनाको उद्धार

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    ललितपुर । ललितपुरमा टहरामा उद्धारका लागि कुरिरहँदा बगाएका चार जनामध्ये तीन जनाको उद्धार भएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार नख्खु खोलाले टहरामा बसिरहेका चार जनालाई बगाएको थियो। 

    तीमध्ये तीन जनालाई बगाइरहेकै अवस्थामा उद्धार गरी पाटन अस्पताल ल्याइएको उनले बताए। उनीहरूलाई प्रहरीको गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो।प्रहरीका अनुसार बेपत्ता एक जनाको खोजी हुँदैछ।