बाढीपहिरोप्रति दुख व्यक्त गर्दै कांग्रेस तनहुँद्वारा क्षेत्रीय कार्यसमितिको अभिमुखीकरण स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपहिरोप्रति दुख व्यक्त गर्दै कांग्रेस तनहुँद्वारा क्षेत्रीय कार्यसमितिको अभिमुखीकरण स्थगित

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    दमौली । नेपाली कांग्रेस तनहुँले क्षेत्रीय कार्यसमितिको अभिमुखीकरण स्थगित गरेको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले तनहुँका विभिन्न ठाउँमा क्षति पुगेेको घटनाप्रति दुख व्यक्त गर्दै कांग्रेसले असोज १२ र १३ गतेका लागि आयेजना गरेको अभिमुखीकरण र जिल्ला कार्यसमितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

    कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले उक्त घटनाहरु प्रति दुःख प्रकट गर्दै पार्टीका सम्पुर्ण मातहतको कार्य समिति, भातृ तथा सुभेच्छुक संघ संस्था एवं पार्टीका सदस्यहरु तथा सम्पुर्ण नेपाली नागरिकलाई यस अवसरमा सुरक्षित रुपमा रहन तथा उद्धार र सहयोगको कार्यमा जुट्नका लागि आह्वान गरिएको बताए ।