देशभरका स्कुल र विश्वविद्यालय तीन दिन बन्द गर्न मन्त्रालयको अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभरका स्कुल र विश्वविद्यालय तीन दिन बन्द गर्न मन्त्रालयको अनुरोध

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    काठमाडाै । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ।

    शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो।

    देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

    यस्तै, बाढी पहिरोबाट विस्थापित भएकालाई आकस्मिक रूपमा शैक्षिक संस्थाका भवनमा व्यवस्थापन गर्नुपर्ने हुँदा तीन दिन बन्द गर्न अनुरोध गरिएको जनाइएको छ।