रिसेन्ट युवा क्लवद्वारा वृद्धवृद्धा तथा असहायलाई खाद्यान्न सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    रिसेन्ट युवा क्लवद्वारा वृद्धवृद्धा तथा असहायलाई खाद्यान्न सहयाेग

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०८१, बुधबार

    दमाैली । आँबुखैरेनी गाउँपालिकास्थित रिसेन्ट युवा क्लवले वृद्धवृद्धा तथा असहायलाई खाद्यान्न सहयाेग गरेकाे छ । क्लवले आँबुखैरेनी गाउँपालिका-३ स्थित श्रीकृष्ण प्रणामी र आँबुखैरेनी-२ स्थित कुसुमबारी र खाेलागाउँका विपन्न परिवारलाई बुधबार खाद्यान्न सहयाेग गरेकाे हाे ।

    श्रीकृष्ण प्रणामी मन्दिरमा २०/२५ जना वृद्धवृद्धा बसाेबास गर्छन् । क्लवले त्यहाँ तीन बाेरा चामल, ६ पाेका तेल, तीन प्याकेट नुन सहयाेग गरेकाे क्लवका म्यानेजर निरज श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै कुसुमबारी र खाेलागाउँका परिवारलाई ३/३ बाेरा चामल, २/२ बाेरा प्याकेट तेल, नुन, साबुन, दाल वितरण गरेकाे जनाएकाे छ।