दमाैली । शुक्लागण्डकी नगर उद्याेग वाणिज्य सङ्घकाे निर्वाचनमा अध्यक्षका उम्मेदवार सुजित हिराचनले उद्याेगी व्यवसायीकाे हकहितका लागि आफ्नाे उम्मेदवारी भएकाे बताएका छन् । कात्तिक ३ गते हुने सङ्घकाे निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दर्तापछि खबरपुञ्जसँग कुरा गर्दै हिराचनले व्यवसायीकाे हकहित नै आफ्नाे मूख्य लक्ष्य भएकाे बताए ।
विगतमा पनि सङ्घकाे विभिन्न पदमा रहेर काम गरिसकेकाे अनुभव रहेकाले सबैले आफूलाई अध्यक्षमा सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे हिराचनले बताए । उनले भने, ‘मलाई सबैकाे सहयाेग प्राप्त भएकाे छ ।’
सङ्घ अन्तर्गतकाे महिला उद्यमी संघमा चार सय जना महिला व्यवसायी रहेकाले उनीहरुलाई लक्षित गरी उद्मशीलता तालिम सञ्चालन गरिने हिराचनले बताए । त्यस्तै यस क्षेत्रका उद्याेगी व्यवसायीका लागि व्यावसायिक उन्नति हुने खालका तालिम सञ्चालन गरिने उनकाे भनाइ छ । याे क्षेत्रमा बाहिरबाट आउने पाेके व्यापारीले स्थानीय व्यवसायीलाई समस्या परेकाले त्यसलाई व्यवस्थापन गर्ने याेजना बनाएकाे उनले उल्लेख गरे ।