बन्दीपुर हिलद्वारा देउसीभैलो प्रतियोगिता, प्रथम हुनेलाई एक लाख पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर हिलद्वारा देउसीभैलो प्रतियोगिता, प्रथम हुनेलाई एक लाख पुरस्कार

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८१, बिहीबार

    दमौली । तिहारको अवसरमा बन्दीपुर हिलले देउसीभैलो प्रतियोगिता आयोजना गर्ने भएको छ । चाडपर्व उत्सव अन्तर्गत बन्दीपुर हिलले देउसीभैलो प्रतियोगिता गर्न लागेको हो ।

    प्रतियोगितामा सहभागी हुनका लागि कात्तिक ९ गतेसम्म टिम दर्ता गर्नुपर्ने बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ५० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुनेलाई रु दश हजार पुरस्कार प्रदान गरिनेछ ।