राष्ट्रपति पौडेलद्धारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन एवम् पूजा अर्चना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेलद्धारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन एवम् पूजा अर्चना

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८१, बिहीबार

    बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् ।

    राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित विहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

    राष्ट्रपति पौडेलले बिहीबार नै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपरान्ह सुर्खेत आइपुगेका थिए ।