एक्लेफॉटमा बस र मोटरसाइकल ठोक्कियो : सेनाका जवान घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    एक्लेफॉटमा बस र मोटरसाइकल ठोक्कियो : सेनाका जवान घाइते

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी-१ एक्लेफॉटमा आइतबार दिउँसो बस र मोटरसाइकल ठोक्किदा नेपाली सेनाका जवान घाइते भएका छन् ।

    घाइते हुनेमा नेपाली सेनाको लमजुङमा कार्यरत नविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको र उनलाई थप उपचारका लागि सिएमसी चितवन पठाउन लागिएको प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।