शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ निर्वाचन : ७१९ मत खस्यो, मतदान आजैबाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ निर्वाचन : ७१९ मत खस्यो, मतदान आजैबाट

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको नयॉ नेतृत्व चयनका लागि भएको मतदानमा ७ सय १९ मत खसेको छ । आइतबार भएको मतदानमा ८ सय ४२ मतदातामध्ये ७ सय १९ मत खसेको हो ।

    शुक्लागण्डकी–५, बेलचौतारास्थित क्याम्पसवस्ती सामुदायिक भवनमा बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको थियो । निर्वाचन समितिका संयोजक भानुभक्त सुवेदीका अनुसार मतगणना आजैबाट हुनेछ ।

    संघको अध्यक्षका लागि सुजित हिराचन र समुन्द्रराम श्रेष्ठ प्यानल सहित प्रतिस्पर्धामा छन् ।