टी-२० क्रिकेटमा नेपालद्वारा अमेरिकालाई क्लिन स्वीप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी-२० क्रिकेटमा नेपालद्वारा अमेरिकालाई क्लिन स्वीप

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०८१, सोमबार

    काठमाडौ ।नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा आठ बल बाँकी हुँदा १८.४ ओभरमा १५७ रन बनाउँदै सिरिज ३-० ले जितेको हो ।

    अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्। कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साँझेदारीमा अमेरिकाविरुद्ध नेपालले अन्तिम खेलमा शानदार जित निकालेको हो ।

    मल्लले ३० बलमा चार चौका र एक छक्काको सहयोगमा ४४ रन बनाउँदा भुर्तेलले ३२ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा ४० रन बनाए । यसअघि नेपालका ओपनर अनिल साह ११ बल खेल्दै १३ रन बनाएर आउट भएका थिए ।

    टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १५६ रन बनाएको थियो । पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको हो ।

    नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका अमेरिकाका साइतेजा मुक्कामल्लाले अर्धशतक बनाएका थिए । उनले ५१ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । अर्का ब्याट्सम्यान मिलिन्द कुमारले नटआउट ४३ रन जोडेका थिए । ३५ बलको सामना गरेका उनले चार चौका हिर्काए ।

    अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिएका थिए ।