मनाङेले छाडेकाे वन मन्त्रालयमा काङ्ग्रेसका पाैडेल मन्त्री बन्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मनाङेले छाडेकाे वन मन्त्रालयमा काङ्ग्रेसका पाैडेल मन्त्री बन्दै

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०८१, सोमबार

    पाेखरा । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् । 

    योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ ।  पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका हुन् । पछिल्लो समय महामन्त्री गगन थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको हो ।