छाब्दीका युवा पन्थले झरना परिसरमा सरसफाइ गरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाब्दीका युवा पन्थले झरना परिसरमा सरसफाइ गरे

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०८१, सोमबार

    दमौली । व्यास नगरपालिका-१२ छाब्दीनिवासी युवा अविनाश पन्थले छाङ्गा बाराही झरना परिसरमा सरसफाइ गरेका छन् ।

    पछिल्लो समय झरनामा पुग्ने आन्तरिक पर्यटक बढेसँगै फोहर पनि बढेकाले पन्थले सोमबार यहॉ सरसफाइ गरेका हुन् ।

    यहॉ जाने पर्यटकले पानीका बोतल जथाभाबी फालिदिँदा सौन्दर्यमा असर परेकाले जथाभाबी फोहर नगरिदिन पन्थले आग्रह गरेका छन्।

    दमौलीबाट छाब्दी हुँदै ३० मिनेटमा झरना पुग्न सकिन्छ ।