प्रसिद्ध थानीमाइ मन्दिरमा भोलिदेखि फूलको डोली भित्रिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रसिद्ध थानीमाइ मन्दिरमा भोलिदेखि फूलको डोली भित्रिने

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०८१, सोमबार

    दमाैली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा भोलिदेखि फूलको डोली भित्रिने भएको छ । कात्तिकको पहिलो मङ्गलबार भोलि यहाँ सत्यनारायणको पूजा गरी भाकल स्वरुप फूलको डोली भित्र्याउन लागिएको हो ।

    यस मन्दिरमा प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने परम्परा रहँदै आएको छ ।

    फूलको डोली भित्र्याउने दिनको पूर्व सन्ध्यामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामनाका प्रहरीले आज मन्दिर परिसरमा सरसफाइ गरेका छन् । जनप्रतिनिधि, स्थानीयवासीको सहभागितामा मन्दिर परिसरमा सरसफाइ गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा फूलको डोली चढाउन विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए ।

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ ।