दमौली र आसपासका क्षेत्रमा भोलि दिउँसो तीन घण्टा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली र आसपासका क्षेत्रमा भोलि दिउँसो तीन घण्टा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०८१, मंगलवार

    दमौली । दमौली बजार र आसपासका क्षेत्रमा भोलि बुधबार दिउँसो तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

    दमौलीस्थित सवस्टेशनमा पावर ट्रान्सफर्मर तथा ब्रेकर प्यानलमा मर्मत गर्नुपर्ने भएकाले बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

    दमौली, तनहुँसुर, छाब्दी, थर्पु र सोती फिडरबाट विद्युत आपूर्ति हुने सबै क्षेत्रहरूमा विद्युत सेवा बन्द हुने जनाइएको छ ।