त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’ जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’ जारी

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०८१, मंगलवार

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण पुनः सुरु भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ) रोकिएको छ ।

    वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको उनले जानकारी दिए ।

    भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने छ । त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ, भने नभेटिए ‘फेक कल’ घोषित गरी यो जहाजलाई उडानका लागि रिलिज गरिने उनले जानकारी दिए ।