‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई बेलायती राजदूत फेनले दिए बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई बेलायती राजदूत फेनले दिए बधाई

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८१, बुधबार

    काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेनले विश्वकै प्रतिष्ठित बेकिङ प्रतियोगिता ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई भेटेर बधाई दिएका छन् । बेलायतमा केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ का विजेता श्रेष्ठलाई काठमाडौँस्थित दूतावासमा भेटेर फेनले बधाई दिएका हुन् ।

    राजदूत फेनले श्रेष्ठलाई बधाई दिँदै बेक अफ यात्राको बारेमा जिज्ञाशा राखेका थिए । उनले  आफूले सधैँ नेपालको परिचय अलग होस् र बेलायती, चिनियाँलगायत अन्य मुलुकका पर्यटकहरूको खानाको गन्तव्य बनोस् भन्ने चाहना राखेको बताए ।

    बेलायतमा रहेका नेपाली डायस्पोरा द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण हिस्सा भएको भन्दै उनले सधैँ नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्दै अपमार्केटमा लैजाने सोच बनाएको समेत बताए । नेपाली युवा स्वदेशमा नै बसेर देश निर्माण गर्ने तर्फ लागेको हेर्ने फेनको चाहना छ ।

    भेटमा फेनले आफू बेलायत जाँदा श्रेष्ठ काम गर्ने  होटल इन्टरकन्टिनेन्टल लन्डन–दि ओटुमा उनलाई भेट्न आउने बाचा समेत गरे ।

    सेफ श्रेष्ठले राजदूत फेनसँगको कुराकानीले आफू उत्साहित भएको प्रतिक्रिया दिए । भेटमा सहभागी मास्टर सेफ सन्तोष शाहले नारायणको उन्नति प्रगतिमा आफूहरू सधैँ साथ रहने प्रतिबद्धता जनाए ।  
    ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विश्वकै प्रतिष्ठित र निकै प्रतिस्पर्धात्मक बेकिङ प्रतियोगिता मानिन्छ । प्रतियोगितामा सेफ नारायण र तनुज शर्माको जोडिले उपाधि जितेको थियो । नारायणले चकलेट र तनुजले सुगरमा काम गरेका थिए । हरेक च्यालेन्जमा फरक फरक थिममा आफ्नो प्रस्तुति दिएका नारायण र तनुजले निर्णायकहरुलाई मन जित्दै उपाधि जित्न सफल भएका हुन् ।