सरकारको कामप्रति सन्तुष्ट छु : सभापति देउवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारको कामप्रति सन्तुष्ट छु : सभापति देउवा

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८१, शुक्रबार

    काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन्।

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा संघीय सरकार बनेको १०० दिन पूरा भएको छ। असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए।

    ओली सरकारका कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताएका हुन्। सरकारका कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पनि  सभापति देउवाको भनाइ छ।

    कांग्रेस-एमाले गठबन्धन सरकार पूरा कार्यकाल चल्ने पनि सभापति देउवाले बताएका छन्।

    ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु,’ न्‍युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘सय दिनलाई हनिमुन डेज भन्छन्, १०० दिनमा ओलीजीले राम्रो काम गरेका छन्।’