सूर्यदर्शन ठगी प्रकरण : तनहुँका खनाल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सूर्यदर्शन ठगी प्रकरण : तनहुँका खनाल पक्राउ

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८१, शुक्रबार

    काठमाडौ ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेचर हर्ब्स  इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई पक्राउ गरेको हो। 

    उनी गोरखा ग्रुप अफ कम्पनीका सेयरधनी पनि हुन्।

    उनलाई काठमाडौंको पानीपोखरीबाट नियन्त्रणमा लिएको सिआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए।  थप अनुसन्धानका लागि खनाललाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको उनले बताए।

    सूर्यदर्शन वचत तथा ऋण सहकारी रकम ठगी  तथा संगठित अपराध सम्बन्धी कसुरको मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन्। उनीहरू हाल कास्की प्रहरीको हिरासतमा छन्।