मिस इन्टरनेसनलमा भाग लिन जापान उडिन् करुणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मिस इन्टरनेसनलमा भाग लिन जापान उडिन् करुणा

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८१, शुक्रबार

    काठमाडौं । मिस इन्टरनेसनल प्रतियोगितामा सहभागी हुन मिस नेपाल इन्टरनेसनल करुणा रावत शुक्रबार जापानतर्फ प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई द हिडन ट्रेजरका पदाधिकारीले राष्ट्रिय झण्डासहित बिदाइ गरे ।

    करुणाले टोकियोमा अक्टोबर २९ देखि नोभेम्बर १३ सम्म हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटक मिस इन्टरनेसनलमा मानसिक स्वास्थ्य सचेतना र दिगोपनको थिम तय रहेको जनाइन् । उनले आफूले सोहीअनुसार त्यहाँ प्रस्तुति दिने बताइन् ।