राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन तनहुँ संयोजकमा लामिछाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन तनहुँ संयोजकमा लामिछाने

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८१, शुक्रबार

    दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठनको तनहुँ संयोजकमा दिनेश लामिछाने चयन भएका छन्।

    शुक्रबार दमौलीमा आयोजित कार्यक्रमले लामिछानेलाई युवा संगठनको जिल्ला संयोजक चयन गरेको हो ।

    व्यास नगरपालिका-५ पाटन निवासी लामिछाने राप्रपा व्यास नगर समितिका सचिव हुन् ।

    यसैबीच राप्रपा गण्डकी प्रदेश समितिको आयोजनामा दमौलीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । प्रदेश अध्यक्ष पञ्चराम गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, तनहुँ अध्यक्ष विनोद घर्ती लगायतले मन्तव्य राखेका थिए ।