प्रचण्ड भ्रष्टाचारको विरोधमा भन्दा हाँसो उठ्छ : बाबुराम भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्ड भ्रष्टाचारको विरोधमा भन्दा हाँसो उठ्छ : बाबुराम भट्टराई

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८१, शनिबार

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख दलहरूले राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिसहितको परिवर्तनकारी कामहरूमा फड्को हानिसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन् । दलका नेताहरूले यसमा चासो नदिँदा समस्या ज्यूँकात्यू रहेको उनको भनाइ थियो । 

    शनिबार राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूसँगको छलफलमा उनले भ्रष्टाचार महारोगको रूपमा रहेको तर दलहरूले आफ्नालाई जोगाउने र अर्कालाई हान्नेबाहेक अरू केही नगरेको आरोप लगाए । 

    ‘भन्नका लागि त भ्रष्टाचार विरोधी भनिन्छ । सुन्दा रमाइलो पनि सुनिन्छ’, उनले भने, ‘अहिले ठुला दलका नेताहरू पालैपालो सरकार चलाइराख्नु भएको छ । आफ्ना पालामा गरेँ त भन्नुहुन्छ तर आफ्नो विरोधीलाई र आफ्नै पार्टीका अर्को गुटकोलाई कारबाही गरेजस्तो देखाउने गरे पनि भ्रष्टाचारको फोहोरको जुन आहाल छ त्यसलाई सम्म्याउन पहलचाहिँ गरेको देखिँदैन ।’