स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति गठन

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८१, शनिबार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति निर्माण गरेको छ । शनिबार बसेको सो पार्टी केन्द्रीय समिति बैठकले संवाद समिति बनाउने निर्णय गरेको हो ।

    बैठकले उसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय समेत गरेको छ । 

    साथै बैठकले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको र अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकोले उनको तत्काल रिहाई गर्न सरकारसँग माग समेत गरेको छ ।