कात्तिकको अन्तिम मंगलबार थानीमाइमा किन भित्रिएन फूलको डोली ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कात्तिकको अन्तिम मंगलबार थानीमाइमा किन भित्रिएन फूलको डोली ?

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०८१, मंगलवार

    दमौली । तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा कात्तिकको अन्तिम मंगलबार फूलको डोली भित्रिएन। कात्तिकको अन्तिम मंगलबार एकादशी परेका कारण फूलको डोली नभित्रिएको हो ।

    मन्दिरमा साउन महिना, एकादशी र औंसीमा पूजाआजा र फूलको डोली नभित्रिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए ।

    मन्दिरमा कात्तिकको पहिले मंगलबार ६६, दोस्रो मंगलबार ३४ र तेस्रो मंगलबार ७४ फूलको डोली भित्रिएको थियो ।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ ।